२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

मेसीको कीर्तिमानी २ गोलमा अमेरिकी मेजर लिग सकरमा मियामीले एससीलाई हरायो

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । लियोनल मेसीले लगातार पाँचौं खेलमा दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकरमा इन्टर मियामीले ११औं जित निकालेको छ।

घरेलु मैदानमा मियामीले नशभिल एससीलाई २–१ ले हरायो। यो जितसँगै १९ खेलबाट मियामीको ३८ अंक भएको छ र ऊ आठौं स्थानमा छ। तालिकाको तेस्रो स्थानमा रहेको एससीको भने २२ खेलबाट ४१ अंक छ। पछिल्लो १५ खेलमा अपराजित रहँदै आएको एससीलाई मेसीले ब्रेक लगाएका छन्।

मेसीले १७ औं मिनेटमा फ्रि किकमार्फत गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। तर ४९औं मिनेटमा एससीले उत्कृष्ट पुनरामगन गर्‍यो। ७२औं मिनेटमा कीर्तिमानी गोल गर्दै मेसीले जित सुनिश्चित गरे। यसपटक एससीका गोलकिपरको गलत निर्णयको फाइदा लिँदै मेसीले बललाई जाली चुमाए।

मेसी एमएलएस इतिहासमै लगातार पाँच खेलमा एकभन्दा बढी गोल गर्ने पहिलो खेलाडी हुन्। यसअघि बुधबार न्यु इङ्ल्यान्ड रिभोल्युसनविरुद्ध दुई गोल गरेपछि यस्तो रेकर्ड मेसीले नै राखेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट