काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आव २०८२–०८३ को लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रूपैयाँको अनुमानित बजेट पेश गरेकी छन् । नगरसभाको १७औं अधिवेशनमा उनले बजेट पेश गरेकी हुन् ।
उनले आगामी आर्थिक वर्ष २०८२–८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।
पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिन् ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैया प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस