२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

पीएसजीलाई ३–० ले पराजित गर्दै चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा भएको फाइनलमा चेल्सीले युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३–० ले पराजित गर्दै उपाधि जित्यो।

चेल्सीले पहिलो हाफमै ३ गोल गरेको थियो । चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे भने यसै सिजन अनुबन्धित खेलाडी जोआओ पेड्रोले तेस्रो गोल थपे।

२२औं मिनेटमा पाल्मरले गोल गर्दै अग्रता दिलाएका थिए । ३०औं मिनेटमा उनैले दोस्रो गोल गरे । ४३औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३–० ले अघि बढ्यो ।

दोस्रो हाफमा थप गोल भएनन् र चेल्सीले युरोपियन च्याम्पियन टोली पीएसजीको चुनौती पन्छाएर उपाधि जित्न सफल भयो ।

फाइनल खेल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित थिए। विजेता चेल्सीका खेलाडीहरूले ट्रफीसहित पदक उनीहरूकै हातबाट प्राप्त गरे।

यो चेल्सीको दोस्रो क्लब विश्वकप उपाधि हो। यसअघि सन् २०२१ मा पनि चेल्सीले यो प्रतियोगिता जितेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट