२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

टिचिङ हस्पिटललाई भाटभटेनीले आज साढे ९ करोडको संरचना उपहार दिँदै

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । नेपालको सबैभन्दा ठूलो खुद्रा व्यवसाय समूहमध्ये एक, भाटभटेनी सुपरमार्केट्सले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)लाई साढे ९ करोड रुपैयाँ बराबरको आधुनिक संरचना (ईएचएस भवन) हस्तान्तरण गर्दैछ।

भवन निर्माण भाटभटेनी समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका स्वर्गीय बुवा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको सम्झनामा निर्माण गरीएको हो। यो भवनको निर्माण लागत करिब ९ करोड ५० लाख रुपैयाँ रहेको छ।

उक्त भवन आज बिहान १० : ०० बजे टिचिङ हस्पिटल, महाराजगन्ज परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा औपचारिक रुपमा हस्तान्तरण गर्ने कार्यक्रम छ ।

समारोहअघि भाटभटेनी परिवारले भाटभटेनी (टंगाल)बाट टिचिङ हस्पिटलसम्म विशेष सांस्कृतिक पदयात्रा गर्ने कार्यक्रम पनि तय गरिएको छ। विविध भेषभूषामा सहभागीहरूलाई समेट्दै ‘सांस्कृतिक विविधता झल्काउने यात्रा’ आज बिहान ९ः ०० बजे टंगालस्थित भाटभटेनी सुपरमार्केट्सबाट सुरू हुनेछ।

समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गर्ने क्रममा भाटभटेनी समूहले शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएको छ। यसपटकको यो सहयोग नेपाली स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ बनाउने दिशामा एक ठुलो कदमको रूपमा हेरिएको छ।

भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङले भवन हस्तान्तरणमार्फत आफ्ना दिवंगत आमाबुवाको सम्झनालाई समाजसेवामा रूपान्तरण गर्दै युवा पुस्तालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट