२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं महानगरमा जग्गाको मूल्य अधिकतम ५० लाखसम्म, कहाँको कति ? [सूचीसहित]

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका जग्गाको मूल्यांकन गरेको छ । आर्थिक वर्ष २०८२/८३ वर्षको बजेट सार्वजनिक गर्दै महानगरभित्रका विभिन्न स्थानमा भएका जग्गाको मूल्यांकन गरेको हो ।

मूल्यांकन अनुसार महानगरको जग्गाको मूल्य न्यूनतम ४ लाख देखि अधिकतम ५० लाख प्रतिआना निर्धारण गरेको छ ।

महानगरले हनुमानढोका पूर्व नयाँसडक, पुरानो काठमाडौं महानगरपालिका भवनको दक्षिण चोकबाट जुद्धशमशेर सालिक हुँदै ईन्द्रचोकसम्म, न्यूरोड पिपलबोटदेखि दक्षिण आर।बी। कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो काठमाडौं महानगरपालिका भवन चोकसम्म, न्यूरोड खिचापोखरी, धरहरासम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकन गरेको छ ।

त्यस्तै, केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मुलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू पनि आनाको ५० लाख रुपैयाँ तोकेको हो ।

यसैगरी, माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्णपाउरोटी, हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू र जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हुलाक, त्रिपुरेश्वर सम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू साथै रत्नपार्क, पुरानो बसपार्क, सहिदगेट हुँदै सुन्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरूलाई प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकलन गरेको महानगरले जनाएको छ ।

महानगरले सबैभन्दा कम जग्गाको मूल्य ४ लाख प्रतिआना तोकेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट