२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्ताले नेपालमा ढुक्कका साथ लगानी गर्न सक्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २३औँ वार्षिक साधारणसभामा सभापति देउवाले लगानीकर्तालाई सहज र सरल प्रक्रियाबाट ऊर्जा क्षेत्रमा लगानी गर्ने वातावरण तयार गरेमा निजी लगानी प्रोत्साहन गर्न सकिने बताए। उनले स्वदेशमा उत्पादित विद्युतको खपत र व्यापार गर्ने प्रमुख दायित्व सरकारको भएको उल्लेख गर्दै नेपालमा उत्पादित विद्युतको नेपालमा नै खपत बढाउने लक्ष्य राख्नुपर्ने तथा बढी भएको बिजुली निर्यात गर्न सकिने बताए ।

“जलविद्युतमा लगानीका लागि निजी क्षेत्र र जनताको समेत  सक्रिय सहभागिता रहेको छ । जलविद्युत् आयोजनामा आइपिओ रोक्नु गलत छ । अब धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन प्रक्रिया अघि बढाउनुपर्छ,” सभापति देउवाले भने, “लगानीका लागि आउनेलाई सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिनु हुँदैन ।”

नेपालको आर्थिक र सामाजिक विकासमा पनि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सभापति जलविद्युत् आयोजनामा निजी क्षेत्रको संलग्नतासम्बन्धी नीति  कार्यान्वयनमा देखिएका कमजोरी सच्याएर  निजी क्षेत्रलाई थप प्रोत्साहन गर्न तथा उत्पादन वृद्धिमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

सभापति देउवाले ऊर्जा क्षेत्रलाई नेपालको प्रकृतिले दिएको महत्वपूर्ण सम्पत्तिको सङ्ज्ञा दिँदै ग्रिन इनर्जी (हरित ऊर्जा) तर्फ थप ध्यान केन्द्रित गर्दै सम्भावना विस्तार गर्नुपर्ने बताए ।

“अहिले उत्पादित विद्युतको खपत बढाउनु र व्यापार सुनिश्चित गर्नु सरकारको दायित्व हो,” उनले भने, “यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ । स्वदेशी तथा विदेशी लगानीकर्ताले ढुक्कसँग लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्छ ।” निजी क्षेत्रको योगदानका कारण मुलुकमा ‘लोडसेडिङ’ अन्त्य भएको सभापति देउवाको भनाइ थियो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० तथा प्रतिवेदनहरू समयमै स्वीकृत गर्दै जलविद्युत् आयोजना  सहज सञ्चालनमा सहयोग पुर्याइरहेको बताए। उनले जलविद्युत् क्षेत्र नेपालको ऊर्जा सुरक्षाको मेरुदण्ड रहेको र  यस क्षेत्रको दिगो विकासका लागि वन तथा वातावरण मन्त्रालय निरन्तर प्रतिबद्ध रहँदै आएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट