२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

शुक्रवार , श्रावण २, २०८२

तनहुँ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध उत्पादक किसानलाई ९७ लाख ४१ हजार ५३४ अनुदान वितरण गरेको छ । दुग्ध उत्पादक किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यसहित कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ११ सहकारीमार्फत उक्त रकम वितरण गरेको हो ।

केन्द्रमार्फत दूधमा अनुदान वितरण कार्यक्रम दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा किसानलाई ४३ लाख ७३ हजार अनुदान वितरण गरिएको थियो ।

केन्द्र प्रमुख रविनसन अधिकारीले उत्पादनका आधारमा अनुदान दिने नीतिले दुग्ध उत्पादनतर्फ किसान आकर्षित भएको जानकारी दिए । चालु आवमा दुग्ध उत्पादनमा अनुदान कार्यक्रमका लागि एक करोड बजेट विनियोजन गरिएको थियो ।

उनले भने, “दुग्ध उत्पादनमा किसानलाई आकर्षित गराउने उद्देश्यसहित प्रतिलिटर रु तीनका दरले अनुदान वितरण गरेका छौँ । चालु आवमा ३२ लाख ४७ हजार लिटर दूधमा अनुदान वितरण गरिएको अधिकारीले उल्लेख गरे ।

जिल्लाका १५ वटा सहकारीमार्फत प्रस्ताव आए पनि दोहोरो सुविधा नहुने गरी१०– ११ वटा सहकारीमार्फत दूध बिक्री वितरण गर्ने किसानलाई अनुदान दिइएको अधिकारीले उल्लेख गरे । उनले भने, “कतिपय स्थानीय तह आफैँले पनि दूधमा अनुदान दिने कार्यक्रम सञ्चालन गरेका छन् । त्यस्ता ठाउँमा दोहोरिने भएकाले वितरण गरेनौँ ।” दूधमा उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएकाले जिल्ला दूधमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ ।

व्यास नगरपालिका–१० दुम्सी दुग्ध उत्पादक सहकारी संस्थामार्फत पाँच लाख ८३ हजार ३३३ लिटर दूध बिक्री गरेबापत १७ लाख ५० हजार, व्यास नगरपालिका–१ स्थित चारकुने दुग्ध उत्पादक सहकारीमार्फत एक लाख १६ हजार ९२९ लिटर दूध बिक्री गरेबापत तीन लाख ५० हजार ७८८, व्यास नगरपालिका–१३ स्थित बेलबास दुग्ध उत्पादक सहकारीमार्फत पाँच लाख पाँच हजार १२ लिटर दूध बिक्री गरेबापत १५ लाख १६ हजार ५३७ अनुदान वितरण गरिएको छ । त्यस्तै व्यास नगरपालिका–५ चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्थमार्फत एक लाख ८५ हजार १४० लिटर दूध बिक्री गरेबापत पाँच लाख ५५ हजार ४२१, व्यास नगरपालिका–१० स्थित शेवर दुग्ध उत्पादक सहकारीमार्फत एक लाख ४८ हजार ३३२ लिटर दूध बिक्री गरेबापत चार लाख ४४ हजार ९९८ अनुदान वितरण गरिएको छ ।

बन्दीपुर गाउँपालिका–५ याम्पा दुग्ध उत्पादक सहकारीमार्फत पाँच लाख ५४ हजार २६० लिटर दूध बिक्री गरेबापत १६ लाख ६२ हजार ७८०, बन्दीपुर गाउँपालिका–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत ९६ हजार ९९३ लिटर दूध बिक्री गरेबापत दुई लाख ९० हजार ९८० अनुदान उपलब्ध गराएको छ । त्यस्तै देवघाट गाउँपालिका–५ स्थित गोहीटार कृषि सहकारी संस्थामार्फत दुई लाख ७५ हजार ५७ लिटर दूध बिक्री गरेबापत आठ लाख २५ हजार १७२, शुक्लागण्डकी नगरपालिका–१० स्थित शुक्ला कृषि पर्यटन सहकारीमार्फत तीन लाख ४६ हजार ६२१ लिटर दूध बिक्री गरेबापत रु १० लाख ३९ हजार ८६४ अनुदान उपलब्ध गराएको छ ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिका–७ स्थित गौ सेवा दुग्ध उत्पादक सहकारी संस्थामार्फत ९१ हजार ५३० लिटर दूध बिक्री गरेबापत दुई लाख ७४ हजार ५९० र शुक्लागण्डकी नगरपालिका–९ स्थित जयलक्ष्मी दुग्ध उत्पादक सहकारीमार्फत तीन लाख ४३ हजार ४६६ लिटर दूध बिक्री गरेबापत १० लाख ३० हजार ३९८ अनुदान वितरण गरिएको केन्द्रले जनाएको छ ।

दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सुवास सापकोटाले दूधमा अनुदान दिने नीतिले किसानलाई सहज भएको बताए । उनले भने, “अनुदान नीतिले पहिला कम दूध उत्पादन गर्नेले पनि अहिले बढी उत्पादनमा जोड दिएका छन् ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट