२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा, सम्पत्ति शुद्धीकरणमा पनि निवेदन दिने

शुक्रवार , श्रावण २, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै प्रकारका भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै छ ।

असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रदर्शनसहित अख्तियारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने ‘हामी भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाव दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौं ।’

राप्रपाले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरणको कार्यालयमा पनि निवेदन दिने तयारी गरेको छ ।

प्रवक्ता श्रेष्ठका अनुुसार राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता विना भ्रष्टाचारका ठूला ठूला काण्डहरु सम्भव नै छैन । त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागको ध्यानाकर्षण गराउने कार्यक्रम तय गरिएको हो ।

राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रदेश कार्यालयहरु, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरुमा चरणबद्ध रुपमा दबाबमूलक अभियान सन्चालन गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट