काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेको भोलिपल्टै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।
नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । शुक्रबार बिहान दुई जनाबीच करिब एक घण्टा समसामयिक विषयमा कुराकानी भएको थियो ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार नेता कोइराला र पूर्वराष्ट्रपति भण्डारीबीच समसामयिक राजनीतिक घटनाक्रमलगायतको विषयमा बिहान ९ बजेदेखि १० बजेसम्म कुराकानी भएको हो।
भेटवार्तामा पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा फर्केको विषय उठाएकी थिइन् । उनले आफूलाई नैतिक समर्थनको आवश्यकता रहेको कुरा राखेकी थिइन् ।
कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया दिनुहोस