२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

एमाले पोलिटब्युरो बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

शनिवार , श्रावण ३, २०८२

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ ।

शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका थिए । बाँकीले आजको बैठकमा धारणा राख्नेछन् ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको छ । सदस्यहरुले भण्डारीको राजनीतिमा फर्किने निर्णय, ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थालगायतका विषयमाथि धारणा राख्नेछन्।

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट