काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट हुने भएको छ ।
उनीहरुबीच पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको छ ।
पूर्वराष्ट्रपति भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किए पनि एमालेले उनको सदस्यता पेन्डिङमा राखेको छ।
विद्याबारे पछिल्लो समय पार्टी बैठकमा पनि बहस भईरहेको छ । हिजोको एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद उठेको थियो ।त्यहीबारे छलफल गर्न पनि ओलीले भण्डारीलाई बोलाएका हुन् ।
एमाले केन्द्रीय कमिटीको बैठक सोमबार बस्दैछ ।
प्रतिक्रिया दिनुहोस