काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबारे ब्रिफिङ गरेका छन् ।
उनले देशको अभिभावकको रूपमा बस्नुपर्ने मानिस सक्रिय राजनीतिमा आउँदा राम्रो सन्देश नजाने बताएका छन् । बैठकमा उनले विद्यादेवी भण्डारी सम्मानित भएर बस्दा नै राम्रो हुने बताए ।
त्यस्तै, अध्यक्ष ओलीले आफूसँगको भेटवार्तामा पूर्व राष्ट्रपति भण्डारीले ‘विचार गरेर जवाफ दिने बताएको पनि उल्लेख गरे । उनले भने, ‘अब हामी जवाफ कुरेर बसेका छौँ ।’
सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टी बाहिर र भित्र विभिन्न तत्वहरू विभाजित गर्ने गरी लागेको भन्दै सचेत रहन पनि आग्रह गरे । उनले भने, ‘पार्टीका बाहिर र भित्री तत्वलाई चलाएर विभाजित गर्ने तत्वहरू आए । त्यो अहिले पनि हुनसक्छ । त्यसलाई जोगाएर अघि बढ्नुपर्छ ।’
केन्द्रीय कमिटीका सदस्यहरूलाई ओलीले विधान संशोधनसम्बन्धी मुद्दामा पनि आ–आफ्ना धारणा राख्न भनेका छन् ।
प्रतिक्रिया दिनुहोस