काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न नेताहरुलाई चेतावनी दिएका छन् । सोमबारबाट च्यासलमा सुरु केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
साथै अध्यक्ष ओलीले भण्डारीको प्रवक्ता बनेर मिडियामा अनावश्यक बयानबाजी गर्न जरुरी नरहेको बताउँदै उनको प्रवक्ता बने कारबाही हुने चेतावनी समेत दिए ।
कतिपय नेताले भण्डारीको प्रवक्ता बनेर मिडियामा अनावश्यक बयानबाजी गरेको भन्दै अध्यक्ष ओलीले उमेरको हद तोक्ने हो भने आफूले जेल बसेको उमेर घटाउनुपर्छ भनेर भनेको प्रचार गर्नु र भण्डारीले बालुवाटार जान मानेनन् भनेर गलत प्रचार गर्नु पनि बेठिक भएको बताए । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस