२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नेपाली राजनीतिमा अध्ययन हराउदै गयो, राजनीति झगडा र विनाश उन्मुख छ : उपसभापति गुरुङ

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा पुर्वमन्त्री धनराज गुरुङले नेपाली राजनितीमा अध्ययन हराउदै गएको बताएका छन् ।

नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन श्रोत केन्द्र विभागको आयोजनामा नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गुरुङले अध्ययन नभएको ठाउँमा झगडा हुने बताए ।

उनले भने, ‘जहाँ अध्ययन हुँदैन त्यँहा ज्ञान हुँदैन, ज्ञान नभएको ठाउँमा बाहुबली हुन्छ, जहाँ बाहुबली हुन्छ त्यहाँ द्वन्द र झगडा हुन्छ। जहाँ द्वन्द, झगडा हुन्छ त्यहाँ विनाश निम्तिन्छ। नेपाली राजनीति झगडा र विनाश उन्मुख छ ।’

आजको पुस्ताले अध्ययनमा समय खर्चिन नचाहेको तर्फ संकेत गर्दै माइक र मंच पायोकि अरुलाई गाली मात्रै गर्ने यसको पछिल्लो उदाहरण भएको तर्क गरे ।

अध्ययन नभएका कारण आजभोलि राजनीतिमा आउने बित्तिकै मैले के पाए भन्ने गरेको उनले उदाहरण प्रस्तुत गरे । उनले भने, ‘अध्ययन विना ज्ञान हुँदैन ज्ञान नभएको ठाउँमा मैले के पाए भन्ने मात्र हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट