२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित, भोलि बिहान ११ बजे पुन बस्ने

सोमवार , श्रावण ५, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आजबाट सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो ।

बैठकमा विधान संशोधनको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बैठकमा ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बोल्नेहरू अधिकांशले विधानको संशोधन प्रस्तावमा समर्थन जनाएका छन् ।

बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे धारणा राखे ।

अर्को बैठक भोलि (मंगलबार) बिहान ११ बजे पुन बस्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट