चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारमा तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मन्त्री हेरफेरको कुरा हल्ला मात्रै भएको बताए । अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रुपमा अघि बढाउने कुरा भएको उनले स्पष्ट पारे ।
बाहिरी हल्लाको कुनै सत्यता नरहेको बताउँदै उनले सत्ता गठबन्धन विसं २०८४ सम्म रहने बताए ।
त्यस्तै, पछिल्लो समय नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस