२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

भूमिमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न सांसद बोहराको माग

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बोहराले यस्तो बताएका हुन् ।

बोहराले कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको विषयमा अडियोहरू सार्वजनिक भएको भन्दै यही विषयमा आरोपित तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको तर, भूमिमन्त्री अधिकारीले राजीनामा नदिएको भन्दै उनलाई बर्खास्त गर्न माग गरे ।

उनले सार्वजनिक अडियो तत्कालीनमन्त्री गुप्ताको भएको पुष्टि भएको र उक्त अडियोमा गुप्ताले अधिकारीमाथि समेत घुस लिएको आरोप लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट