२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ : जनार्दन शर्मा

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्ने दाबी गरेका छन् ।

पुष्पलाल स्मृति दिवसका अवसर पारेर सोमबार मार्क्सवादी अध्ययन केन्द्रले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव शर्माले यस्तो बताएका हुन् ।

‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर, त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन,’ शर्माले भने, ‘दु:खका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिष्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ ।’

उनले ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिबीको अवस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो ? भन्दै प्रश्न समेत गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट