२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

पार्टी भित्र कार्यकर्तालाई आतंकित पार्ने प्रयास भइरहेको छ : पूर्व राष्ट्रपति भण्डारी

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । पूर्व राष्ट्रपति विद्या भण्डारीले एमाले भित्र जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको बताएकी छन् ।

आज मंगलबार आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् ।

उनले भनिन्- 'दल चाहिँ अनैतिक अखडा हो रु उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि ! अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारवाही गर्ने भन्न थालिएको छ यो ठिक छैन ।’

उनले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै आफू सक्रिय राजनीतिमा आइसकेकाले पछि नहट्ने स्पष्ट पारिन् ।

च्यासलमा जारी एमालेको केन्द्रीय कमिटीको आजको बैठकले भण्डारीबारे निर्णय गर्नेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट