२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

औद्योगिक क्षेत्रको हितका लागि संस्थागत ऐक्यबद्धतामा जोड

शुक्रवार , श्रावण ९, २०८२

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा भेटघाट गरी औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यबद्धता हुनुपर्नेमा जोड दिएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले नवनिर्वाचित कार्यसमितिको स्वागत गर्दै मौजुदा समयमा उद्योग व्यवसायमा छाएको सुस्तताको अन्त्यका लागि व्यवसायिक संस्थाहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

उनले आर्थिक समृद्धिका लागि नीजि क्षेत्रको विकास अपरिहार्य रहेको बताउँदै आर्थिक विकासका सन्दर्भमा देखिएका नीतिगत समस्याहरु समाधानका लागि नीजि क्षेत्रका संस्थाहरुले गर्दै आएको पैरवीलाई आगामी दिनमा सामुहिक रुपमा राज्यको ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिए ।

भेटघाटमा सुनसरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले उद्योग व्यवसाय क्षेत्रको हक, हितका लागि स्थापित संस्थाहरु मिलेर अघि वढी यस क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्नुपर्ने धारणा राखे । उनले सरकार र नीजि क्षेत्र बीचको सहकार्यले मात्र औद्योगिक विकासले गतिलिने वताउदै उद्योग व्यवसाय क्षेत्रका मुद्दाहरुमा संस्थागत ऐक्यवद्धतामा जोड दिए ।

सुनसरी उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष विजय श्रेष्ठले नीजि क्षेत्रको सवलीकरणका लागि राज्य समक्ष सामुहिक रुपमा पहलगरी व्यवसायिक विकासको पक्षका सकारात्मक वातावरण बनाउनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा उद्योग संगठन मोरङ र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति सदस्यहरु र महिला उद्यम समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ