२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

विभाजन हुँदै नागरिक उड्डयन प्राधिकरण

मंगलवार , श्रावण १३, २०८२

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक सङ्घीय संसद्को चालु अधिवेशनबाट नै पारित गर्ने गरी काम भइरहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले बताएका छन् ।

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का संशोधनकर्ताहरुसँगको छलफलपछि समितिका सभापति यादवले सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भइसकेकाले चालु अधिवेशनबाट नै उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहितको उपस्थितिमा भएको छलफलमा संशोधनकर्ता सांसदहरू माधव सापकोटा, शिशिर खनाल, निशा डाँगी, मनिष झा, राजेन्द्र बजगाईंले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार