काठमाडौँ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । साउन ४ मा पक्राउ परेका पूर्वप्रदेश प्रमुखसँग अनुसन्धान पूरा भए लगतै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मङ्गलबार मुद्दा दर्ता गरेको हो ।
अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । पीडित युवतीले आफूलाई ४ जेठ २०८१ मा काठमाडौँको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
उनी विरूद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस