२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

सर्लाहीमा नेपाल टेलिकमको टावरमा चढेका युवकको सकुशल उद्धार

आइतवार , श्रावण ३, २०८३

सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका एक युवकको सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको छ ।

उद्धार गरिएका युवक गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार परिवारका सदस्यसँग टेलिफोनमार्फत् संवाद गराइएपछि उनी स्वेच्छाले टावरबाट तल ओर्लिएका हुन् ।

प्रहरीका अनुसार हुसैन रातिको समयमा नै टावरमा चढेको हुन सक्ने अनुमान गरिएको छ। आइतबार बिहान करिब ४ बजे उनले एक साथीलाई फोन गरेर बोलाएपछि घटनाबारे जानकारी भएको थियो । त्यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारका लागि परिचालन गरिएको थियो ।

प्रहरीले उनका बुबा र दाजुलाई घटनास्थलमा बोलाई टेलिफोनमार्फत् हुसैनसँग कुरा गराएको थियो। परिवारको आग्रहपछि उनी सुरक्षित रूपमा तल ओर्लिएका थिए ।

प्रहरीले उनी टावरमा चढ्नुको कारण भने अझै खुल्न नसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार