२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

प्रधानमन्त्री ओलीले कोदो दिवसको शुभकामना दिँदै भने : उत्पादन बढाऔँ, उपभोग गरौँ

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो दिवसको शुभकामना दिएका छन् । उनले उत्पादन बढाउन र कोदोका परिकारहरू उपभोग गर्न समेत आग्रह गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्त्व समेत रहेको बताएका छन् ।

‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।’

उनले कोदोको उत्पादन बढाउन र यसका परिकार उपभोग गर्न सुझाव समेत दिएका छन् । ‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ ! कोदो दिवसको शुभकामना !’, उनले शुभकामना दिँदै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट