२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

महिलाका लागि साउन १ देखि काठमाडौंमा ‘ब्लु बस’ चलाउँदै बालेन सरकार

पहिलो चरणमा ८ बस सञ्चालन हुने

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । सरकारले महिलाको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय–सुझाव तथा आवश्यक सहमतिका लागि पत्राचार गरिसकेको छ। मन्त्रालयबाट सहमति प्राप्त भएपछि पहिलो चरणमा साउन १ गतेदेखि सेवा सञ्चालन गरिनेछ।

प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछ। रिङरोडमा सञ्चालन हुने चार बसमध्ये दुई वटा क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा चल्ने मन्त्रालयले जनाएको छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा महिलामैत्री ‘ब्लु बस’ सेवा सञ्चालन गरेको अनुभवसमेत रहेको छ। अब भने संघीय सरकारले नै यस अवधारणालाई राष्ट्रिय कार्यक्रमका रूपमा अघि बढाउँदै पहिलो चरणमा काठमाडौं उपत्यकाबाट सेवा सुरु गर्न लागेको हो।

यो कार्यक्रम सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गतको प्रमुख योजनामध्ये एक हो। सरकारको लक्ष्य पहिलो १०० दिनभित्र देशभर कम्तीमा २५ वटा ब्लु बस सञ्चालनमा ल्याउने रहेको छ। दीर्घकालीन रूपमा सातै प्रदेशमा महिलाका लागि निःशुल्क ब्लु बस सेवा विस्तार गर्ने योजना सरकारको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट