२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

सरूवा भएको ठाउँमा नगएका २३ कर्मचारीलाई गृहले भन्यो '२४ घण्टाभित्र हाजिर हुन जानू'

शुक्रवार , श्रावण १६, २०८२

काठमाडौं । गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा गरेको ठाउँमा हाजिर हुन निर्देशन जारी गरेको छ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा सरुवा तथा पदस्थापन भइसकेका तर अहिलेसम्म सम्बन्धित कार्यालयमा उपस्थित नभएका कर्मचारीको नामावली सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयमा कार्यरत ती कर्मचारीहरू मध्ये १८ जना शाखा अधिकृत र बाँकी पाँच जना नायब सुब्बा छन्।

मन्त्रालयले उनीहरूलाई २४ घण्टाभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । उनीहरूलाई अध्यागमन कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन र कारागार प्रशासनमा पठाइएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट