२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

बडिमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली प्रस्थान

शुक्रवार , श्रावण १६, २०८२

कालीकोट । बडिमालिका पूजाका लागि कालीकोटबाट सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ । आज पूजाको डोली बोकेर कालीकोटको सरकारी टोली कालीकोट र बाजुरा सिमानामा पर्ने बडिमालिका मन्दिर प्रस्थान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका खरिदार लक्ष्मीरुद्ध धितालको नेतृत्वमा १० जनाको सरकारी टोली, मुख्य पुजारी हरिकृष्ण धमलासहित तीन जना पुजारी र अन्य स्थानीय बडिमालिका प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय अगाडिको मन्दिरमा पूजा गरेर बडिमालिका यात्रा सुरु भएको हो । परम्परादेखि नै यो चलन चलिआएको छ । स्थानीयले आफ्नो मनको इच्छा पूरा हुने आसमा ध्वजा, अक्षता नासो पठाएका छन् । हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी (जनै पूर्णिमाको अघिल्लो दिन) मा बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट