२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १७ जना घाइते

शुक्रवार , श्रावण १६, २०८२

झापा । मेचीनगर नगरपालिका–९ स्थित खुट्टिडाँगीमा विद्यार्थी बोकेको स्कुल भ्यान आज सडकबाट अनियन्त्रित भई पल्टिँदा चालकसहित १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मे१ज ३१०७ नम्बरको पारिजात पब्लिक स्कुलको विद्यार्थीवाहक भ्यान आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना भएको भ्यान सानो भए पनि त्यसमा भरिभराउ विद्यार्थीले यात्रा गरिरहेका थिए । भ्यानले विद्यार्थी बोकेर स्कुलतर्फ लगिरहेको बेला दुर्घटना भएको थियो । दुर्घटनापछि भ्यान सडकबाट पल्टिएर खोल्सामा पुगेको थियो ।

घाइतेहरूमा छ वर्षीया सबिस्का राई, चार वर्षीया समिरा विशुङ्खे, १० वर्षीय आदित्य राई, ११ वर्षीया सदीक्षा काफ्ले, ११ वर्षीय सोहित राजवंशी, ११ वर्षीय आयान सुब्बा, ११ वर्षीय अनुराग तामाङ, १२ वर्षीया कृष्पा राई, १२ वर्षीय संयोग विशुङ्खे, १२ वर्षीया आयानी विक, ११ वर्षीय प्रनिस राई, नौ वर्षीय समर्पण राई, छ वर्षीया सुसीता किसान, छ वर्षीय तानसोना लिम्बू र नौ वर्षीय अङ्गु मगर रहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा शिक्षक २४ वर्षीया प्रिती शिवा र चालक ४५ वर्षीय गणेश श्रेष्ठसमेत घाइते भएका छन्र । सबै घाइतेहरूलाई उपचारका लागि मेची आम्दा हस्पिटल पुर्याएको थियो । चिकित्सकको सुझावअनुसार अधिकांश घाइतेलाई थप उपचारका लागि विर्तामोडको बीएण्डसी टिचिङ हस्पिटलमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै धुलाबारी इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थलमा पुगेको थियो । दुर्घटना भएको भ्यान प्रहरीले नियन्त्रणमा राखेको छ । भ्यानको अग्रभाग कुच्चिएको छ । घाइते सबै खतरामुक्त अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट