२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

एनआरएनएमा सल्लाहकार सहित विभिन्न समिति गठन

सोमवार , श्रावण १९, २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले सल्लाहकार नियुक्त गरेको छ ।

सर्वोच्च अदालतको परामादेशबाट गठित उच्चस्तरीय समितिले गरेको महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्व्य परिषद् (आइसीसी)को आइतबार बसेको भर्चुअल बैठकले विधानको धारा १७ को उपधारा ९ अनुसार सल्लाहकारहरु नियुक्ति गरेको हो ।

सोनम लामा, थर्क सेन, जानकी गुरुङ, उमेश पुडासैनी, प्रकाश धमला, नबिन शेरचन, शनिकुमार ओली, चित्र सुवेदी, तिलक के.सी., रोविन्द्र श्रेष्ठ (गोविन्द), बेद खरेल, बन्दना सापकोटा शर्मा, आनन्द विष्ट, विष्णु सुवेदी, नारायण थापा, दुर्गा आचार्य, नारायण आचार्य, नरेन्द्र भाट, नारायण सुवेदी, हिक्मत थापा, विश्व बराल, पूर्ण हमाल, विनोद शाह, कृष्ण गिरी र पुरान गिरी रहेका छन् ।

यसैगरी, बैठकले पोलिसी एडभोकेसी कमिटी पहिलो पटक गठन गरेको छ । तीन जनाको कमिटीमा खगेन्द्र जिसी संयोजक रहेका छन् भने कञ्चन पोखरेल र सुरेन्द्र श्रेष्ठलाई सह संयोजक तोकिएको छ । यसलाई पछि पुर्णता दिइने छ । कमिटीले एनआरएनएको नीतिगत कुराहरुमा सहयोग गर्ने छ ।

यसैगरी बैठकले विभिन्न टास्कफोर्सहरुको बारेमा पनि निर्णय गरेको संघका सचिव चिन्तामणी सापकोटाले जानकारी दिए ।

अनुशासन समितिमा दिल गुरुङ, सुवास जोशी र भुवानी प्रसाद तिम्मिल्सेना रहेका छन् ।

संघले सेप्टेम्बर २१ तारिखमा युएईमा हुने विधान सम्मेलनको तयारीलाई तिब्रता दिने निर्णय गरेको छ । विधान समिति पनि आजको बैठकले गठन गरेको छ । संघका महासचिव बाबुराम (बीआर) लामाको संयोजकत्वमा विधान समिति गठन गरिएका हो ।

जसको सहसंयोजकमा गुणराज शर्मा, कृष्ण गिरी र लोकप्रसाद दाहाल रहेका छन् भने सदस्य सचिवमा विमल सुवेदी रहेका छन् । यस्तै सदस्यहरुमा बलराम श्रेष्ठ र मन थापा रहेका छन् ।

एनसीसीको एकता तथा समन्वय समितिको संयोजकको जिम्मेवारी प्रवक्ता गंगाधर गौतमलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट