२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

मानुषी लघुवित्तको साधारणसभा सम्पन्न, विकास लघुवित्त र युनिक नेपाल लघुवित्तकाे मर्जर प्रस्ताव पारित

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  बनेपास्थित होटल उग्रचण्डीमा आयोजित सभाले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज हुने विशेष प्रस्ताव पारित गरेको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ। साधारणसभाले दुई जना सञ्चालकको नियुक्तिलाई पनि अनुमोदन गरेको छ। काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तका हाल १४ जिल्लामा ३६ वटा शाखा सञ्चालनमा छन्। संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९ सय ५०रुपैयाँ रहेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट