२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

६३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

बिहिवार , आषाढ १८, २०८३

काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रदमा आवेदन नपरेको संस्थापक तर्फको ६३ हजार ८४७ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।

कम्पनीले यही असार २५ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ । 

 यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले साउन १ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

 

 लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु, विराटनगर, जनकपुर, विरगञ्ज,हेटौडा, नारायणगढ,पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीबाट आवेदन पेश गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट