काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ । बोर्डका अनुसार सम्भवतः आज साँझ नै नजिता प्रकाशन गर्ने तयारी भइरहेको छ ।
नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । आइतबार पनि बोर्डको बैठक बसेर सदस्यहरुलाई नतिजा प्रकाशनबारे ब्रिफिङ गरिएको थियो ।
क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।
नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले वैशाख ११ गतेदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो ।
गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस