२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

१२ तस्बिरमा सार्वजनिक लेखासमिति बैठक

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । शुक्रबार सार्वजनिक लेखासमितिका सदस्यहरूले मुलुकमा बढ्दै गइरहेको बेरुजु अन्त्य गरेर आर्थिक पारदर्शिता कायम गर्न सुझाव दिएका छन् । समिति र बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव तथा सोअन्तर्गतका विभागका प्रमुखहरुसँगको छलफलमा उनीहरूले बेरुजु अन्त्यका लागि आवश्यक पहल गर्न सुझाव दिएका हुन् ।

छलफलमा सार्वजनिक लेखासमितिका सभापति ऋषिकेश पोखरेलले पछिल्लो समय बेरुजु बढिरहेका अवस्थामा बेरुजु फर्स्यौटका लागि स्पष्ट नीति लिन आवश्यक रहेकामा जोड दिए । समितिका सदस्य अमनलाल मोदीले जथाभावी रूपमा खर्च गर्ने प्रवृत्तिका कारण बेरुजु फर्स्यौट हुन नसकेको बताए ।

समितिका सदस्य अच्युत मैनालीले अन्तरसरकारी निकायबीच समन्वयको अभावका कारण पनि बेरुजु फर्स्यौट हुन नसकेको बताए। समितिका सदस्य अर्जुननरसिंह केसीले कर्मचारीले इमान्दारिताका साथ जिम्मेवारी बहन गर्नसकेमा बेरुजु फर्स्यौट गर्न सकिने बताए ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ