काठमाडौं । रोटरी क्लब अफ पाटन हेरिटेजको चौथो इन्स्टलेसन सेरेमनी तथा चार्टर डे उत्सव सम्पन्न भएको छ । शनिबार पाटनको भोल्धोका स्थित ज्यापू प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नयाँ कार्यसमितिको पदस्थापनसँगै संस्थाको चार्टर दिवस पनि मनाइएको थियो ।
कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, अतिथि तथा विभिन्न क्षेत्रका व्यक्तिहरू लगायत प्रेसिडेन्ट रोटेरियन प्रदीप श्रेष्ठ, मुख्य अतिथि डिस्ट्रिक्ट गभर्नर इलेक्ट रोटेरियन विष्णु ब. कार्की, र असिस्टेन्ट गभर्नर रोटेरियन गौतम श्रेष्ठ उपस्थिति थिए ।
पास्ट प्रेसिडेन्ट रोटेरियन सज्जु ब्याञ्जनकार प्रधानले नवनियुक्त अध्यक्ष तथा पदाधिकारीहरु लाई पद हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रमका क्रममा क्लबका सक्रिय सदस्यहरूलाई विगतका वर्षमा सामाजिक सेवा, सदस्यता विस्तार, तथा विशेष परियोजनामा योगदानका लागि सम्मानित गरिएको थियो ।
सर्वश्रेष्ठ सेवाभावी सदस्य पुरस्कार क्लबको सामुदायिक सेवा कार्यक्रममा निरन्तर सक्रिय रहेकालाई प्रदान गरिएको थियो । विशेष योगदान सम्मान विगत वर्षमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा उल्लेखनीय परियोजना सम्पन्न गर्ने सदस्यलाई दिइयो । युवा नेतृत्व सम्मान क्लबमा सक्रिय युवा सदस्यलाई प्रदान गरिएको थियो ।

क्लबका नवनिर्वाचित अध्यक्ष रोटेरियन प्रदीप श्रेष्ठले २०२५–२६ का लागि आफ्नो कार्यकाल सुरु गर्दै समुदाय सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य, शिक्षा, सरसफाइ र सांस्कृतिक संरक्षणलाई प्राथमिकता दिने घोषणा गरे ।
रोटरी क्लब अफ पाटन हेरिटेजले विगत चार वर्षदेखि विभिन्न सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा निःशुल्क स्वास्थ्य शिविर, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सरसफाइ अभियान, र सांस्कृतिक सम्पदा संरक्षणजस्ता परियोजनाहरू समावेश छन् ।


प्रतिक्रिया दिनुहोस