विराटनगर । विराटनगर महानगरपालिका–२ सोमबारे हाटमा फ्रान्सको आइफेल टावर जस्तै देखिने टावर स्थापना गरिएको छ।
महानगरपालिकासँगको समन्वयमा जडान गरिएको उक्त टावरमा आकर्षक बत्तीहरू, टावर मुनि बस्ने ठाउँ, भुइँमा टायल, राष्ट्रिय झण्डा, चराचुरुङ्गी र गीत–संगीतका चित्रहरू कोरिएका छन्।

आइफेल टावरको संरचना यसअघि मोरङ व्यापार संघको आयोजनामा विराटनगर–२ कै शंकरपुर मार्गमा आयोजित एक्स्पोमा आकर्षण बढाउनका लागि तयार पारिएको थियो। एक्स्पो सम्पन्न भएपछि टावरलाई खोलेर राखिएको थियो।
व्यापार संघले वडा कार्यालयलाई उक्त टावर निःशुल्क उपलब्ध गराएको जनाइएको छ। वरपिपलको रुख काटेर सो स्थानमा आइफेल टावर राखी पार्क निर्माण गरिएको हो।
साँझपख बत्तीको झिलमिलसँग देखिने यो आइफेल टावर अहिले सोमबारे हाटको नयाँ पहिचान बन्दै गएको छ।


प्रतिक्रिया दिनुहोस