२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेर बेचेको आरोपमा २ जना पक्राउ

आइतवार , श्रावण २५, २०८२

काठमाडौँ । पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

उनीहरुमाथि शुक्रवार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ । काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेका हुन् । उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको मृतकका परिवारले आरोप लगाएका छन् ।

“शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का राम शाही नाम गरेका मृतकको शवबाट हड्डी निकालेर अन्य व्यक्ति (तान्त्रिक)लाई दिएको मृतकका परिवारले आरोपसहितको सूचना प्रहरीलाई दिएपछि दुवै जनालाई नियन्त्रणमा लिएका हौँ”, प्रहरी उपरीक्षक चन्दले भने ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अहिले प्रहरी वृत्त गौशालामा राखेर सोधपुछ तथा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट