२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उत्पादकत्व बढाउन पालिकाको नगद अनुदान

बिहिवार , श्रावण २९, २०८२

गोरखा । उत्पादकत्व बढाउन धार्चे गाउँपालिकाले किसानलाई नगद अनुदानको व्यवस्था गरेको छ । साथै पालिकाले उत्पादनका आधारमा गत आर्थिक वर्षमा चार लाख ६७ हजार ५०० अनुदान वितरण गरेको जनाएको छ ।

गाउँपालिकाको कृषि शाखाप्रमुख अनिल नेपालीका अनुसार उत्पादनका आधारमा व्यक्तिगत एवं समूहगत रूपमा किसानलाई अनुदान वितरण गरिएको हो । अन्न उत्पादन, नगदेबाली, पशुपालन एवं फलफूलखेती गर्नेलाई अनुदान उपलब्ध गराइएको हो ।

नगद अनुदान कार्यक्रमका लागि पाँच कृषि समूह, फलफूल तथा पशुपन्छी फार्म र १० जना किसानलाई प्रदान गरिएको हो ।

अनुदान पाएका किसानले डल्ले खुर्सानी, ड्रागन फ्रुट, मौरीपालन, केराखेती, आलु तथा सुन्तलाखेती गरेका थिए । पालिकाले नौ हजारदेखि ५१ हजारसम्म अनुदान प्रदान गरेको छ ।

पालिकाले अन्य किसानलाई पनि कृषि कर्ममा अभिप्रेरित गर्न अनुदानको व्यवस्था गरिएको बताउँदै उत्पादकत्व वृद्धिका कार्यक्रममा लाग्न शाखाप्रमुख नेपालीले पालिकाका सबै किसानलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ