२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली ब्रान्ड 'चिनो'को स्टक क्लिअरेन्स सेल, हजारभित्र फेसनेबल कपडा

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । नेपाली जेनजी पुस्ताका युवतीहरुमा अत्यन्तै लोकप्रिय बनेको नेपाली ब्रान्ड 'चिनो'ले देशभर रहेका आउटलेटहरुमा 'स्टक क्लिअरेन्स सेल' सुरु गरेको छ ।

चिनोले शुक्रबार अर्थात् आजदेखि तीन दिनसम्मका लागि ९९९ रूपैयाँ भन्दा कम मूल्य राखेर स्कट किलरेन्स सेल शुरु गरेको हो । सेल सुरु गरेको पहिलो दिनमै चिनोका आउटलेटहरुमा ग्राहकहरुको उत्साहजनक उपस्थिति रहेको कुमारीपाटीका प्रमुख राजेन्द्र डुम्रे बताउँछन् ।

‘कम्पनीबाट उत्पादन हुने १० प्रतिशत सामानहरुको निर्धारित मूल्य तोकिएको छ । अन्य ९० प्रतिशत सामान भने एक हजारभित्र उपलब्ध गराइएको छ । बढीमा ९९९ रूपैयाँ मूल्यसम्मका कपडाहरू बिक्रीमा राखिएको छ । यसमा ३९९, ५९९, ७९९ र ९९९ का कपडाहरु उपलब्ध हुनेछन् ।’ उनले भने।

विदेशबाट आयातित कपडाहरुलाई प्रतिस्थापन गर्ने उद्धेश्यका साथ सुरु भएको चिनोले खासगरी १३ वर्षदेखि ३० वर्ष उमेर समूहका युवतीहरूका लागि फेसनेबल फेन्सी कपडा नेपालमै उत्पादन गर्दै आएको छ।

चिनो बानेश्वरकी प्रमुख रुबिना कार्कीले स्टक क्लिअरेन्स अफर चलेको भन्दै ३९९ देखि जुन लगेपनि एक हजार भित्र मूल्य रहेको जानकारी दिइन् ।

चिनोको काठमाडौंकाे बानेश्वर, सामाखुसी, बौद्ध, भक्तपुर ललितपुरको कुमारीपाटी त्यस्तै चितवनको नारायणगढ, पोखरा र बुटवलमा गरी देशभर आठ वटा आउटलेट सञ्चालनमा रहेका छन् । अब धरान र इटहरीमा पनि आउटलेटको तयारी भइरहेको छ ।

ललितपुरको आउटलेटमा भेटिएकी प्रशंन्ना कार्की र मिनु शाक्यले चिनोले करेन्ट ट्रेण्डमा फेसनेबल कपडा डिजाइन गर्ने र मूल्यपनि सस्तो रहेकोले आफूहरु यहाँको नियमित ग्राहक भएको बताए ।

त्यस्तै, बानेश्वरको आउटलेटमा भेटिएकी बन्दना कार्कीले बिदेशी ब्राण्ड र चिनोको क्वालिटीमामा खासै फरक नपाएको दाबी गरिन्।

चिनो ब्रान्डले विगत दुई वर्षदेखि युवतीहरूका लागि नयाँ–नयाँ फेसनका कपडाहरू उत्पादन गर्दै आएको छ । यो कम्पनीमा अहिले ४०० भन्दा धेरै कर्मचारीहरू काम गरिरहेका छन्। निकट भविष्यमा नेपाली ब्रान्डको रुपमा विदेश निर्यात गर्ने तयारी 'चिनो'को छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ