२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ । गत चैत २५ गतेदेखि उच्च अदालत बुटवलको आदेशपछि रवि हाल रुपन्देही कारागारमा छन् ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो । लामिछानेलाई भैरहवाबाट दिउँसो ३ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।

कारागार सरुवाका लागि लामिछानेले दिएको निवेदनको आधारमा उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट