बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भैरहवाबाट काठमाडौं उडेका छन् । बुद्ध एयरको विमानबाट उनलाई काठमाडौं ल्याइएको हो ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिंदैछ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।
लामिछानेलाई प्रहरीले बुद्ध एयरबाट ३ः१० बजे लैजाने तयारी गरेको थियो । तर कारागारबाट बाहिर निकाल्न नै ढिला भएको थियो ।
बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका थिए । कारागार सरुवाका लागि लामिछानेले दिएको निवेदनको आधारमा उनलाई काठमाडौं ल्याउन लागिएको हो ।
उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस