२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मितेरी सहकारी ठगी प्रकरणमा ज्योती गुरुङसहित ८ जनाविरुद्ध मुद्दा दायर

आइतवार , भाद्र १, २०८२

काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा ८ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको हो ।

उनीहरुविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा आइतबार सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

जसमा बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीविरुद्ध मुद्दा दर्ता भएको हो ।

त्यस्तै, फरार रहनेमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योती गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदिप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अरामलाई पनि प्रतिवादी बनाइएको छ ।

ज्योति गुरुङ, अर्जुन आरम, कुम्भराज गुरुङ, विजय कुमार राई र प्रदीप भन्ने प्रितम अधिकारी समेतका नाममा पक्राउ पूर्जी जारी हुन समेत माग गरिएको छ ।

उनीहरूले मितेरी सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ अपचलन गरेको आरोप छ ।

कांग्रेस उपसभापति धनराजकी पूर्वपत्नी ज्योति गुरुङले मितेरी बचत तथा ऋण सहकारी संस्थाका १४२ जना बचतकर्ताहरूको ९ करोड ८८ लाख २५ हजार ११३ रूपैयाँ अपचलन गरेकी अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट