logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • सयौँको सङ्ख्यामा मृत फेला परे गिद्ध

    सयौँको सङ्ख्यामा मृत फेला परे गिद्ध

    5.6K
    Shares

    काठमाडौं।  पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवश्थामा पुगेका सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेका छन् ।

    पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको खुला मैदानमा एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेको रामग्राम नगरपालिकाले जानकारी दिएको छ। 

    रामग्राम नगरपालिकाको वार्ड नम्बर ४ स्थित जितपुरको पाल्ही क्याम्पस पछाडिको खुला मैदानमा मैदान नै भरिने गरी एक सयभन्दा बढी सङ्ख्यामा गिद्ध बुधवार बिहान मृत अवस्थामा फेला परेका हुन् । यति धेरै सङ्ख्यामा गिद्धको मृत्यु कसरी भयो खुल्न सकेको छैन ।

    खुला मैदान बीचमा एउटा कुकुर मरेको देखिएको आधारमा यो कुकुरलाई विष खुवाएर मारिएको र यसैको मासु गिद्धले खाएपछि गिद्धहरु मरेको हुन सक्ने अनुमान गरिएको भए पनि यति धेरै गिद्धको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन ।

    पशुमा उपचारका क्रममा डाइक्लोफिनाईक्स औषधि प्रयोग गरिएको र सो औषधिको इन्जेक्सनपछि पशुको मृत्यु भएको खण्डमा त्यो पशुको मासु खाएपछि यसरी नै गिद्ध मर्न सक्ने सम्भावना रहने गर्दछ । नेपालमा डाइक्लोफिनाईक्स औषधि प्रयोगमा प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध भए पनि नवलपरासीको यो क्षेत्र भारतीय खुला सिमानासँग जोडिएको हुनाले कसैले यो औषधि भारतबाट ल्याएर प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend