२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

यी हुन् सरकारले कालोसूचीमा राखेको ११ वटा निर्माण कम्पनी

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । सरकारले समयमै काम सम्पन्न नगर्ने विभिन्न ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार कालोसूचीमा पर्ने कम्पनीहरुमा उदयपुरको विशाल होम निर्माण सेवा, काठमाडौंको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन प्रालि, मोरङको सगुन फाइबरिक्स प्रालि, नेपालगन्जको सुभास आरएस नबिन जेभी, अछामको नबिन निर्माण सेवा, सुर्खेतको जेएमसी कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कास्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालि, ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जालपा निर्माण सेवा एण्ड सप्लायर्स, डोल्पाको मष्टा भवानी निर्माण सेवा र अर्घाखाँचीको शहीद निर्माण सेवा रहेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायबाट सिफारिस गरे बमोजिम भदौ ८ गतेको निर्णयअनुसार कालोसूचीमा राखेको हो । कालोसूचीमा परेकाहरूले एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट