२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट ङावा ङिमा शेर्पा निष्कासित

सोमवार , भाद्र ९, २०८२

काठमाडौं । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका उपाध्यक्ष ङावा ङिमा शेर्पालाई संगठनको आधिकारिक निर्णय र उम्मेदवारविरुद्ध खुलेआम अभियान चलाएको आरोपमा संगठनले कारबाही गरेको छ।

भदौ ३ गते बसेको पदाधिकारी बैठकले संगठनको विधानअनुसार उनलाई आगामी दुई वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

भदौ ७ गते सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनलाई लक्षित गर्दै, संगठनका वार्ता तथा संवाद समितिका सदस्यसमेत रहेका शेर्पाले सामाजिक सञ्जालदेखि प्रत्यक्ष कार्यक्रममा संगठनकै उम्मेदवारको विपक्षमा सक्रियता देखाएका थिए ।

संगठनको उपाध्यक्ष पदमै बसेर प्रतिपक्षी समूहको कार्यक्रममा सहभागी भई मन्तव्य दिने, संगठनका उम्मेदवारलाई नरहेको भनेर गलत प्रचार गर्ने र प्रतिपक्षीलाई मत माग्ने जस्ता गतिविधि गरेको संगठनले प्रमाणसहित पुष्टि गरेको छ।

यसरी संगठनको निर्णयविपरीत कार्य गरेको भन्दै भदौ १ गते बसेको बैठकले शेर्पासँग लिखित स्पष्टीकरण मागेको थियो। तर, भदौ २ गते प्राप्त भएको स्पष्टीकरणलाई संगठनले चित्तबुझ्दो नभएको भन्दै अस्वीकार गर्यो।

शेर्पाले आत्मालोचना गर्ने साटो संगठनकै निर्णयलाई उपहास गर्ने, समर्थित उम्मेदवारलाई लाञ्छना लगाउने र अप्रमानित आरोप लगाउँदै अझ आक्रामक ढंगले प्रतिपक्षलाई समर्थन गरेको ठहर संगठनको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट