काठमाडौं । संघीय संसद सचिवालयले राज्य व्यवस्था समितिको सभापति चयनका लागि निर्वाचन मिति तय गरेको छ ।
समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ।
निर्वाचनको मिति तय गर्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर राजनीतिक दलसँग छलफल गरेका थिए ।
राज्य व्यवस्था समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । रिक्त पदमा १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस