काठमाडौं । जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन २५ अगस्त, २०२५ मा ओसाकामा सम्पन्न भएको छ ।
“प्रवासी नेपालीहरुलाई कार्यरत देशवाटै मतदान गर्न पाउने” माग सहित सन्पन्न भएको सम्मेलनले अध्यक्ष डन्ड केसी र महासचिव धनराज गौतम रहेको समितिको केन्द्रीय समिति निर्वाचित गरेको छ ।
ओसाकाको अवेनो वेरुतामा उद्घाटन र वन्द सत्र चलेको समाजको सम्मेलनको घोषणा वाँसुरी ईन्डियन नेपाली रेष्टुरेन्टमा तिजको दर खाने कार्यक्रमसँगै सम्पन्न भएको हो ।
“नेपाल सम्पन्न भए नेपाली संसारमा जहाँ बसे पनि सुखि हुन्छन” भन्ने धारणा राख्ने एकता समाजले प्रवासी नेपालीलाई नेपालको मुलधारमा सहभागी नबनाई नेपालको राजनितिले परिपक्व हुन नसक्ने धारणा राखेको छ ।

गैरआवीसिय नेपाली संगठनले प्रवासी नेपालीहरु जो नेपालको नागरिकता पासपोर्टसहित विदेशमा विभिन्न पेसा व्यवसाय गरेर बसेका छन् ती सबैलाई एक मुष्ट गैर नेपालीको दर्जामा राख्न नहुने तर्क राख्दै संस्थागत रुपमा एनआरएनमा आफुहरु सहभागी नहुने बताएको छ ।
यद्यपी प्रवासी नेपालीहरुका अधिकारहरुका विषयमा साझा कार्यक्रमहरुमा सँगै सहकार्य पनि हुने गरेको छ ।
विभिन्न क्षेत्र, जाती–जनजाती जस्ता नेपालका सामाजिक राजनैतिक बनावट र भौगोलिक बनावटलाई आधार बनाएर धेरै संघ–संस्थाहरु जापानमा क्रियाशिल छन् । सबैका आ–आफ्नै उद्देश्य र कार्यक्रम छन् ।
समाजका उपाध्यक्ष तेजेन्द्र क्षेत्रीका अनुसार जापान नेपाली एकता समाज मात्र त्यस्तो समाज हो, जसले समाजका हरेक घटना परिघटना र अवस्थालाई मजदुर वर्गिय दृष्टिकोणबाट बुझ्ने, व्याख्या गर्ने र सर्बसाधारण मजदुरको हित अनुकुल कार्य सम्पादन गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस