२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

मधेस प्रदेशका मुख्यमन्त्रीद्वारा चौरचन र गणेश चतुर्थी पर्वको शुभकामना

मंगलवार , भाद्र १०, २०८२

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौरचन तथा गणेश चतुर्थी पर्वका अवसरमा शुभकामना दिएका छन् । मुख्यमन्त्री सिंहले चौरचन पर्वलाई भक्तिभाव र संस्कृतिको गहिरो सम्बन्धसँगै सांस्कृतिक पहिचानका रूपमा चित्रण गर्दै एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयतामा बाँध्ने माध्यमका रूपमा पर्वले कार्य गरेको उल्लेख गरेका छन् ।

उनले सन्देशमा गणेश चतुर्थी पर्वले विघ्नहर्ता भगवान् गणेशप्रति आस्था जागृत गर्दै जीवनमा आउने चुनौतीहरूलाई धैर्य, बुद्धि र सकारात्मक ऊर्जाद्वारा पार गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । शुभकामना सन्देशमा भनिएको छ, “यो दुवै पर्वले दिएको शान्ति, सद्भाव, श्रद्धा र समर्पणको सन्देश हाम्रो समाजलाई अझ सबल, समृद्ध र उन्नत बनाउन सधैँ मार्गदर्शक हुनेछन् ।”

सन्देशमा उनले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दीर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला मार्गहरू प्रशस्त होस् भन्ने कामना पनि उल्लेख गरेका छन् ।

–––

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट