काठमाडौं । नेपाल अटोमोबाईल रिकण्डीसन व्यवसायी संघले सरकारले गरेको अनिवार्य इम्बोस्ट नम्बरको निर्णय फिर्ता लिनुपर्ने बताएको छ । संघले मंगलबार एक विज्ञप्ति निकाल्दै यस्तो जनाएको हो ।
सरकारले असोज १ गतेदेखि देशभरका सवारीसाधनमा इम्बोस्ट नम्बर अनिबार्य राख्नुपर्ने निर्णय गरेको छ । उक्त निर्णय आकस्मिक अव्यवहारिक र पूर्वतयारीबिनै ल्याईएको हुँदा यसले सम्पुर्ण व्यवसायी, उपभोक्ता तथा सवारीसाधन क्षेत्रलाई ठुलो समस्या हुने संघको धारणा छ ।

प्रतिक्रिया दिनुहोस