२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैन : प्रजिअ सुवेदी

बुधवार , भाद्र ११, २०८२

पर्सा । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन्।

केही समय अघि मात्रै जिम्मेवारीमा आएका सुवेदीले हैजा सङ्क्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिए । “हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ”, उनले भने, “अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।”

प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचारात्मक र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गर्दै आइरहेको बताए। उनले भने, “हैजा सङ्क्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट