२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी लक्ष्मण पासवान शरीर जलेको अवस्थामा भेटिए

बुधवार , भाद्र ११, २०८२

रौतहट। रुबी साह हत्या काण्डका मुख्य आरोपितलाई बुधवार प्रहरीले पक्राउ गरेका छन् । हत्याका आरोपी रौतहटको माधवनारायण नगरपालिका–६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा–मानपुर सडकमा जलेर घाइते भएको अवस्थामा फेला परेका हन्।

आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ । उनलाई गम्भीर अवस्थामा फेला पारेको प्रहरीले उपचारका लागि गरुडामा रहेको एक अस्पतालमा पुर्‍याएको छ ।

गत शनिबार राति रौतहटको गौर नगरपालिका–९ गौर–सिरसिया सडक खण्ड अन्तर्गत मुडवलबा गेट नजिक सडक किनारमा शंकास्पद सुटकेश फेला परेको थियो।

भोलिपल्ट सुटकेश खोलेर हेर्दा रौतहटको माधवनारायण नगरपालिका–६ माधवपुर माइती भएकी २६ वर्षीया रूवीकुमारी साहको शव फेला परेको थियो।

उनको घर भारतको मुजफ्फरपुर रहेको र चार वर्षदेखि रौतहटमै बस्दै आएकी थिइन्। माइती माधवपुर भए पनि उनी छोरा पढाउन भनेर गौर नगरपालिका-२ महादेवपट्टि बस्दै आएकी थिइन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट